२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

धरानमा योजनाको भुक्तानीलाई लिएर मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच मतभेद

काठमाण्डौँ, २१ असार । धरान उपमहानगरपालिकामा योजनाको भुक्तानीलाई लिएर मेयर र प्रमुख प्रशासकीय अधिकृतबिच मतभेद देखिएको छ । मेयर हर्कराज राई (साम्पाङ) ले एक योजनाको भुक्तानी रोकिएको विषयमा गम्भीर चासो व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग्नु भएको छ ।

मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृतको नाममा पत्र लेख्दै करिब दुई महिनाअघि सम्पन्न भएको योजनाको भुक्तानी हालसम्म रोकिनुको कारण माग गर्नु भएको हो ।  पत्रअनुसार, धरान–१६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन लगाइएको तारजाली (मालमिटर) को भुक्तानीमा ढिलाइ भएकोमा साम्पाङले प्रश्न उठाउनु भएको हो ।

मेयर साम्पाङले पत्रमा  सम्झौता गरी सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी रोकिएकोमा आपत्ति जनाउनु भएको हो ।

प्रकाशित मिति : २०८२ असार २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस