२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

शुक्रबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ घट्यो

काठमाण्डौँ, १३ असार । नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रवार घटेर तोलामा १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य शुक्रवार तोलामा २ हजार १ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १ सय ७५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस