२०८२ मङ्सिर २४ गते मङ्गलवार | 2025 December 9th Tuesday

दार्मा गाउँपालिकाले सार्वजनिक गर्यो ४४ करोड ९२ लाख बजेट

सल्यान ।

दार्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ४४ करोड ९२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष जुना मल्ल चन्दले १७ औं गाउँसभा समक्ष मंगलबार बजेट प्रस्तुत गरेेकी हुन् ।

बजेट अनुसार, आन्तरिक आम्दानीबाट ३५लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ भने संघीय सरकार तथा प्रदेश सरकारबाट अनुदान स्वरूप ३६ करोड ३ लाख ५ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, बाँकी रकम अन्तरिक ऋण, बजेट बाँकी, बैंक मौज्दात र अन्य श्रोतहरुबाट जुटाउने योजना रहेको गाउँपालिकाले जनाएको छ।

यसका साथै, अन्तरसरकारी अत्यावश्यकताअन्तर्गत १० करोड ५० लाख रुपैयाँसम्म प्राप्त हुने सम्भावना रहेको उल्लेख गरिएको छ, जुन रकम शिक्षाका साथै अन्य अत्यावश्यक खर्चका लागि विनियोजन गरिनेछ।

विकास योजनामा ठूलो बजेट मौलेखाली दार्माकोट सडकको लागि मात्रै डेढ करोड विनियोजित गरिएको छ ।

प्रकाशित मिति : २०८२ असार १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस