२०८२ असार २७ गते शुक्रवार | 2025 July 11th Friday

कोभिड ओमिक्रोनको नयाँ सब–भेरिएन्ट नेपालमा पनि देखियो

काठमान्डौं, ९ असार । नेपालमा पछिल्लो केही हप्तादेखि देखिन थालेको कोभिड संक्रमणमा ओमिक्रोनको सब–भेरिएन्टको पछिल्लो पुस्ताको सब–भेरिएन्ट भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडि मियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्र लाल झाका अनुसार टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सब–भेरिएन्ट पुष्टि भएको  हो ।

उहाँका  अनुसार जेठ २२ देखि २९ गतेसम्म छिमेकी देश भारतबाट आएका र  त्यहीँबाट नेपाल आउने नागरिकमा पनि आरडिटी परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएका थिए । उनीहरूमा जीन सिक्वेन्सिङ गरेर कुन खालको भेरिएन्ट देखिएको छ भनेर पि.सि.आर. विधिबाट कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनका विभिन्न सब–भेरिएन्ट पुष्टि भएको छ ।

पुष्टि हुनेमा छ वटामा एक्स.एफ.जी.३, पाँच वटामा एक्स.एफ.जी., एउटामा एक्स.एफ.जी .३.१ र दुई वटामा जे.एन.१ रहेको छ । ओमिक्रोनको सब–भेरिएन्ट कोभिड–१९ गराउने सार्स कोभ २ भाइरसको ओमिक्रोनको विकसित रुप हो । रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभर वितेको पुस पछि २५ जिल्लाबाट १ सय ६७ जना कोभिड संक्रमित भेटिएका छन् ।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस