२०८२ जेष्ठ ३२ गते शुक्रवार | 2025 June 13th Friday

सप्तकोशी नदीमा खोज तथा उद्धार अभ्यास गरिरहेका दुई जना जवान बेपत्ता

काठमान्डौं, २२ जेठ ।  सप्तकोशी नदीमा खोज तथा उद्धार अभ्यास गरिरहेका सशस्त्र प्रहरीका दुई जना जवान नदीमा सम्पर्कविहीन भएका छन् । आज दिउँसो  कोशी ब्यारेज नजिकैबाट दुई जना जवान हरिदेव राजवंशी र सुरज साउद नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीले  जनाएको  छ । उनीहरुको खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डी.एस.पी .शैलेन्द्र थापाले जानकारी दिनुभएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस