अमेरिका यात्रा गर्न १२ वटा देशका नागरिकलाई प्रतिबन्ध

काठमान्डौं, २२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ वटा देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणा पत्रमा हस्ताक्षर गर्नुभएको छ । अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन् । ती देशका नागरिकले अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम पु¥याउने भन्दै अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएको बी.बी.सी.ले जनाएको छ ।
यसैबीच, ह्वाइट हाउसकी प्रवक्ता एबिगेल ज्याक्सनले अमेरिकी नागरिकलाई क्षति पु¥याउनसक्ने भएकाले राष्ट्रपति ट्रम्पले अमेरिकीहरूलाई विदेशीहरूबाट बचाउन १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको बताउनु भएको हो । यो घोषणाले ट्रम्पको २०१७ मा पहिलो कार्यकालमा गरेको आदेशको पुनरावृत्ति गरेको छ । त्यतिबेला उहाँले सात मुस्लिम बहुल देशहरूबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउनु भएको थियो ।