लोकभाका संरक्षण र प्रवर्द्धनमा समर्पित ‘पवनकुमार वली’

सल्यान ।
सल्यानको साबिक मर्म गाविसमा जन्मिएका पवनकुमार वली लाेक गीत संगीत प्रति समर्पित व्यक्ति हुन् । लामाे समयसम्म पत्रकारिता क्षेत्रमा काम गरेका वली अहिले पछिल्लाे समय विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा कार्यरत छन् । तर उनकाे गीत संगीत प्रतिपनि उत्तिकै झुकाव छ ।
हालसालै उनले नयाँ गीत ‘सल्यान टाकुरी’ सार्वजनिक गरेका छन्। “सल्यान टाकुरी, जाल बुनी छेकने , कहाँ छेउ माकुरी” बोलको गीत वलीले आफ्नै शब्द, लय र स्वरमा तयार पारेका हुन् । मोडलिङ समेत स्वयम् वलीले गरेका छन् ।
गीतमा रिना गुरुङ र रामु खड्काको अभिनय देख्न सकिन्छ। यो गीत उनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
वली नेपाल पत्रकार महासंघ सल्यानका पुर्व कोषाध्यक्ष समेत हुन् । उनले जिल्लामा केहि रेडियाे तथा पत्रिकामा समेत काम गरेका थिए । सल्यानमा बहुचर्चित कार्यक्रम तहल्का बहस चलाउने वलीले विभिन्न भावनात्मक तथा लाेक दाेहाेरी कार्यक्रमहरु पनि रेडियाेबाट चलाउने गर्दथिए ।
गीत संगीतमा प्रति झुकाव र लगाव राख्ने वलीका यसअघि ‘तिमीलाई के थाहा किन रुन्छु म’ र ‘साइलो दाइ’ जस्ता गीत सार्वजनिक भइसकेका छन्।
लोकभाका संरक्षण र प्रवर्द्धनमा समर्पित रहेका वली उनले आगामी दिनमा गित संगीत लाई निरन्तरता दिने बताएका छ ।
छन्। उनले आगामी दिनमा गित संगीत लाई निरन्तरता दिने वताएका छ ।