नेपाल वार एशाेसिएशन सल्यानकाे अध्यक्षमा इन्द्र भण्डारी

सल्यान ।
नेपाल वार एशाेसिएशन सल्यानकाे अध्यक्षमा अधिवक्ता इन्द्र बहादुर भण्डारी चयन भएका छन् ।
साेमबार भएकाे सल्यान जिल्ला अदालत वार इकाइ सल्यानकाे १२ औं जिल्ला अधिवेशनबाट भण्डारी अध्यक्षमा चयन भएका हुन् ।
उपाध्यक्षमा गिर्दल बाेहरा, सचिवमा विष्णु शर्मा, काेषाध्यक्षमा डम्बर वली, सदस्यहरुमा थल बहादुर भण्डारी, घनश्याम भण्डारी, टिकाराम वली, एकदेव शर्मा, सन्ताेष कुमार राइ भएका छन् ।
निवर्तमान अध्यक्ष चन्द्र प्रकाश वली (सिपी) केन्द्रीय पार्षद भएका छन् ।
प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते सोमवार