२०८२ जेष्ठ ३२ गते शुक्रवार | 2025 June 13th Friday

श्री कालिका आधारभुत बिद्यालयले ४५ औं बार्षिकाेत्सव तथा अभिभावक भेला कार्यक्रम सम्पन्न

सल्यान , १० जेठ । श्री कालिका आधारभुत बिद्यालयले ४५ औं बार्षिकाेत्सव तथा अभिभावक भेला कार्यक्रम सम्पन्न गरेको छ । छत्रेश्वरी गाउँपालिका वडा नं ०५ पाेखरामा रहेको श्री कालिका आधारभुत बिद्यालयले स्थापना भएको ४५ वर्ष पूरा भएको अवसरमा एक भव्य समारोहका बीच बिद्यालयकाे प्रागणमा बार्षिकाेत्सव तथा अभिभावक भेला कार्यक्रम मनाएको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर वलिकाे अध्यक्षतामा तथा छत्रेश्वरी गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै उपाध्यक्ष बुद्धा खत्रीले बर्तमान समयमा बिद्यार्थीलाई संस्कार ब्यबहारिक सिपमुलक र प्रविधिसंग सम्बन्धित शिक्षामा जाड्नुपर्ने कुरा राख्नुभएको हाे त्यस्तै बिशिस्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष फाैद बहादुर बस्नेत रहनुभएकाे थियाे ।बस्नेतले आवसिय बिद्यालयकाे लागि स्थानीय र वडाकाे तर्फबाट सधै काेसिस गरिरहने पनि प्रतिबद्वता ब्यक्त गर्नुभएको हाे । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि समाजसेवी , बुद्धिजीवी शिक्षिक , बिद्यार्थी अभिभावकहरूकाे उल्लेखनीय सहभागीता रहेको थियाे ।

कार्यक्रममा बाेल्दै अभिभावक माेतिलाल केसि , चन्द्र बहादुर केसि , साना किसान सहकारी प्रमुख धन बहादुर परियार , भूपू वडा अध्यक्ष लिलाधर घर्ती , अमर प्राविका प्रअ लाेक बहादुर बुढा खानेपानी अध्यक्ष गाेविन्द केसि , वडा सदस्य टंक बहादुर केसिले बिद्यालय कार्यलाई प्रशंसा गर्दै आगमि दिनकाे थप प्रगतिकाे शुभकामना सहित बिद्यालयलाई सधैं सहयाेगि हात राख्ने बिचार ब्यक्त गर्नुभएको थियाे। बिद्यालययका प्रधानध्यापक बालाराम वलीले बिद्यालयकाे बार्षिक प्रतिवेदन प्रकाश पार्दै छत्रेश्वरीमा एउटा गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले एउटा आवसिय बिद्यालय स्थापना गर्ने स्थानीय निकायलाई माग राख्नु भएको हाे ।

कार्यक्रममा विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुतीसमेत राखिएको थियो। विभिन्न अक्षकाेषदाता बाट संकलन भएको रकमबाट बिद्यार्थीहरूलाइ पुरस्कार वितरण गरिएको थियाे भने करिब ५० जना अक्षकाेष दाताहरूलाइ सम्मान पनि गरिएको हाे । शिक्षक प्रदिप थापाकाे स्वागत मन्तव्य बाट सुरूवात भएको कार्यक्रमलाई शिक्षक टिकाराम केसिले सहजीकरण गर्नुभएको थियाे ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस