२०८२ जेष्ठ ३२ गते शुक्रवार | 2025 June 13th Friday

राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्री लेखकलाई नेता कोइरालाको सुझाव

काठमान्डौं, १० जेठ ।  राजीनामा दिएर छानबिनमा सहयोग गर्न गृहमन्त्री लेखकलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सुझाव दिनुभएको छ । मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने बताउनुभएको हो ।

विगतमा पनि केही मन्त्रीहरूले प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाएको भन्दै नेता कोइरालाले मन्त्री लेखकले राजीनामा दिँदा उहाँकै नैतिकतामा सघाउ पुग्ने बताउनुभयो । यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेपछि गृहमन्त्री लेखकमाथि पनि प्रश्न उठेको छ । गृहमन्त्री लेखकले नै रकम उठाउन सहसचिव तीर्थ भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख बनाएर खटाएको आरोप समेत लागेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस