फोटो पत्रकार पूर्णिमा श्रेष्ठ पाँचौ पटक सगरमाथा आरोहण पछि काठमाण्डौँमा

काठमाण्डौँ, ९ जेठ । फोटो पत्रकार पूर्णिमा श्रेष्ठ सर्वोच्च शिखर सगरमाथा पाँचौँपटक आरोहण गरेर काठमाण्डौं फर्किनु भएको छ । उहाँ आज बिहान लुक्लाबाट काठमाडौं आइपुग्नु भएको हो । उहाँले आइतबार बिहान ३ बजेर ३७ मिनेटमा पाँचौँ पटक सगरमाथा शिखर चुम्नु भएको थियो । उहाँ सतोरी एड्भेञ्चर प्रालिमार्फत सगरमाथा चढ्नु भएको हो ।
यसअघि गत वर्ष यही सिजनमा श्रेष्ठले दुई हप्ताको अन्तरालमा तीन पटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गर्नु भएको थियो । त्यसअघि उहाँले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गर्नु भएको थियो । आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरिसक्नु भएको श्रेष्ठले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरिसक्नु भएको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शुक्रवार