२०८२ जेष्ठ ३२ गते शुक्रवार | 2025 June 13th Friday

३२ औँ मदन–आश्रित स्मृति दिवस आज मनाइँदै

काठमाडौँ, ३ जेठ । ३२ औँ मदन–आश्रित स्मृति दिवस आज मनाइँदै छ। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिन हरेक वर्ष जेठ ३ मदन–आश्रित स्मृति दिवस मनाइन्छ।

मदन–आश्रितको सम्झनामा नेकपा एमालेले विभिन्न कार्यक्रम गर्दै आएको छ। एमालेले स्मृति दिवस मनाउन पार्टीका सबै प्रदेश तथा जिल्ला कमिटीहरूलाई परिपत्र गरी स्मृतिसभा आयोजना गर्न र अन्य सिर्जनात्मक तथा विविध विधासँग सम्बन्धित कार्यसम्पादन गर्न निर्देशन गरेको एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।

एमालेले केन्द्रीयस्तरमा मदन नगर बल्खुमा बिहान ८ बजे स्मृति कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस