आई.सी.सी. महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल विजयी, बहराइन ६ विकेटले पराजित

काठमान्डौं, १ जेठ । आई.सी.सी. महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई ६ विकेटले हराएको छ । वर्षाले प्रभावित खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटाएको हो । नेपालकी कप्तान इन्दु बर्माले ७ बलमा नटआउट २४ रन बनाएकी थिइन् । बहराइनकी पवित्रा शेट्टीले ३ विकेट लिन सफल भएकी थिइन् । त्यसअघि थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बहराइनले १२ ओभर ४ बलमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थामा खेल रोकिएको थियो ।
यो जीतसँगै नेपाल ४ खेलमा ५ अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । बहराइन ३ खेलमा १ अङ्कसहित पुछारमा रहेको छ । यस्तै हङकङ ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । यो समूहको अन्तिम खेलमा भोलि बहराइन र हङकङ खेल्दैछन् । यो खेलले नेपाल ‘सुपर थ्री’ मा पुग्ने÷नपुग्ने टुङ्गो लाग्नेछ । यो खेल हङकङले हा¥यो भने नेपाल सुपर थ्रीमा पुग्नेछ । बराबरीले पनि नेट रनरेटमा अघि रहँदै हङकङ सुपर थ्रीमा पुग्नेछ ।