२०८२ जेष्ठ ३२ गते शुक्रवार | 2025 June 13th Friday

रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्न आज टर्कीमा वार्ता, वार्ता टोलीमा रुसी राष्ट्रपति पुटिनको नाम सूचीकृत गरिएन

काठमान्डौं, १ जेठ । रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्नका लागि आज टर्कीमा शान्ति वार्ता हुँदैछ । आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम समावेस भएको छैन । शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनलाई आह्वान गरे पनि वार्ता टोलीमा उहाँको नाम सूचीकृत नरहेको रुसको भनाइ रहेको छ ।

यसैबीच, वार्ताका लागि रूसको प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्ने खबरमा उल्लेख गरिएको छ । पुटिन र जेलेन्स्कीले डिसेम्बर २०१९ देखि प्रत्यक्ष रूपमा भेटघाट गर्नुभएको छैन । त्यसैले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले वार्तामा दुवै देशका राष्ट्रपति सहभागी भएर पुटिनलाई व्यक्तिगत रूपमा पनि भेट्ने तयारी गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस