२०८२ मङ्सिर २४ गते मङ्गलवार | 2025 December 9th Tuesday

आईपीएल क्रिकेट जेठ तीन गतेदेखि शुरू हुने

काठमाण्डौँ, ३० वैशाख ।  भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो जेठ ३ गते शनिवारदेखि शुरू हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बाँकी खेलको नयाँ तालिका सार्वजनिक गरेको हो । परिमार्जित तालिका अनुसार जेठ तीनमा  रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

त्यस्तै जेठ ४ गते आइतवार दुई वटा खेल हुनेछन् । गएको बिहीवार धर्मशालामा पन्जाब र दिल्लीबीच खेल भइरहेका बेला बीचमै स्थगित गरिएको थियो । दुई दिनपछि गएको शनिवार दुई देशबीच युद्धविरामको घोषणा भएपछि आईपीएल क्रिकेट फेरि शुरू हुन लागेको हो ।क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै क्वालिफायर दुई जेठ १८ गते हुनेछ । आईपीएलको फाइनल खेल जेठ २० मा हुनेछ ।

प्रकाशित मिति : २०८२ बैशाख ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस