२०८२ जेष्ठ ३२ गते शुक्रवार | 2025 June 13th Friday

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा

काठमाण्डौँ, ३० वैशाख । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

प्रदेश सभा सदस्य गुरुङको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनको नम्बर डायल गर्दा स्वीच्डअफ भएको सन्देश सुनिन्छ । जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको जानकारी दिए । आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको जानकारी पनि उनले दिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस