२०८२ मङ्सिर २४ गते मङ्गलवार | 2025 December 9th Tuesday

जडीबुटी–पेप्सीकोला सडक दायाँबायाँ अनधिकृत संरचना हटाउन ‘अल्टिमेटम’

काठमाण्डौँ, २९ वैशाख । काठमाडौंको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ भित्रका अनधिकृत संरचनाहरु हटाउन ३५ दिनको अल्टिमेटम दिइएको छ । सडक खण्डको ‘राइट अफ वे’ (सडक सीमा) भित्रका संरचना सम्बन्धित व्यक्तिले नै हटाउनुपर्ने भएको हो ।सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार सूचना प्रकाशित गर्दै यी संरचना हटाउन ३५ दिनको अल्टिमेटम दिएका छन् ।

सूचना अनुसार भौतिक, योजना तथा निर्माण मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचना अनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबाँया १५र१५ मिटर सडकको सीमा कायम भएको छ । यस सीमामा नेपाल सरकार र महानगरले यसै महिना सीमाङ्‍कन गरेर चिह्नसमेत लगाइएको छ । साथै, किलासमेत गाडिएको सूचनामा उल्लेख छ । उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पासविना बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र त्यसका लागि ३५ दिनको समय दिइएको समेत सूचनामा छ । तोकिएको अवधिमा नहटाए कानुन अनुसार कारबाही हुनेसमेत जनाइएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस