२०८२ जेष्ठ ३२ गते शुक्रवार | 2025 June 13th Friday

सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि प्रयास जारी

काठमाण्डौँ, २८ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि प्रयास जारी राख्नु भएको छ । लामो समयदेखिको विवाद समाधान गर्न आइतबार बिहान निजी निवास खुमलटारमा नेता खगराज भट्ट सहितका सांसदहरू छलफल गर्नु भएको छ ।

छलफल सकारात्मक भएपनि संसदीय दलका नेता मानबहादुर धामी घर फर्किएकाले कुनै सहमति नभएको भट्टले जानकारी दिनु भएको छ  । यसअघि पनि पटक पटक छलफल गरेपनि सहमति हुन नसकेको अवस्थामा प्रचण्डले वैशाख २४ गते दुवै पक्षलाई बोलाउनु भएको थियो । तर अन्तिम समयमा छलफल स्थगित भएपछि अधिकांश सांसदहरू घर फर्किसकेकोले कुनै सहमति नभएको अर्का सांसद शिवसिंह ओलीले बताउनु भएको छ  । ओलीका अनुसार प्रचण्डले दुवै पक्षलाई जेठ १ गते डडेलधुरामा बोलाउनु भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस