सरकारले विद्यालय शिक्षामा सुधार गर्ने

काठमाडौँ,२० वैशाख । सरकारले विद्यालय शिक्षामा देखिएका चुनौतीहरू समाधान गर्न नीतिगत तथा कानूनी व्यवस्था गर्ने बताएको छ ।सरकारको तर्फबाट आज सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा प्रणालीमा आमूल सुधार गरिने बताउनुभएको हो । उहाँले विश्वविद्यालय शिक्षालाई ज्ञान, अनुसन्धान र विकासतर्फ केन्द्रित गरिने तथा उद्यमशीलतामैत्री शिक्षा नीति अवलम्बन गरी श्रम बजारमा सीपयुक्त जनशक्तिको अभाव अन्त्य गरिने बताउनुभयो ।
प्रकाशित मिति : २०८२ बैशाख २१ गते शनिवार