नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ,२० वैशाख । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।कांग्रेस सभापतिसमेत रहेका दलका नेता शेरबहादुर देउवाले आज दिउँसो एक बजे संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्नेगरी दलको बैठक बोलाएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ । पछिल्लो समय सरकार परिवर्तनको हल्ला चलिरहेको बेला यस बिषयमा पनि छलफल गर्ने तयारी भएको बुझिएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २१ गते शनिवार