२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको रङ्गशालाका रूपमा विकास गर्ने

काठमान्डौं, १९ वैशाख । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालाका रूपमा विकास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराउनुभएको हो ।

राष्ट्रपतिले रङ्गशाला लगायतका खेलकुद पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानूनी व्यवस्था मिलाइने बताउनुभयो । खेलकुदलाई निजी क्षेत्रका संस्थागत, सामाजिक र उत्तरदायित्वसँग जोडिने उहाँको भनाइ छ । यस्तै अन्तर्राष्ट्रिय पदक पाउने खेलाडी र उनीहरूका सन्ततीहरूलाई अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस