२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

सरकार आर्थिक गतिशीलता बढाउन र भ्रष्टाचार नियन्त्रण गर्न प्रतिबद्ध, राष्ट्रपति पौडेल

काठमान्डौं, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक गतिशीलता बढाउन र भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आज सरकारको तर्फबाट सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुर्दै उहाँले सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझा प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखेर साझा सङ्कल्पका साथ सुशासन प्रबद्र्धन र तीव्र आर्थिक विकास हासिल गर्न कटिबद्ध रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले नेपाली नागरिकको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वको उपलब्धि लोकतान्त्रिक गणतन्त्र रक्षा गर्न सरकार दृढ रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय आवश्यकता तथा जन चाहना अनुरूप लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवाद उन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्क्षा पूरा गर्न सरकारले जोड दिएको उहाँको भनाइ रहेको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस