२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

भिमकुमार ओझाको पारिवारिक कथामा ‘हौ लुङ्वा’ सार्वजनिक

काठमाण्डौँ, १९ वैशाख । मायाले जात हेर्दैन, हैसियत नाप्दैन । यो त केवल मन र भावनाको बन्धन हो । प्रेम जब गहिरो हुन्छ, त्यो कुनै सिमानामा सीमित रहँदैन । यहि गहिरो भावनाले भरिएको प्रेमकथा बोकेको नयाँ म्यूजिक भिडियो ‘हाउ लुङ्गा’ सार्वजनिक भएको छ ।

गरिब घरकी छोरी र धनी परिवारका छोराबीचको प्रेम सम्बन्ध, देशको सीमा त के, विदेशको दूरी र समयको सन्धिले पनि यो प्रेमलाई रोक्न सक्दैन । बिछोड, सम्झना, पिरती र पुनर्मिलनको कथालाई गीत–संगीत र अभिनयको माध्यमबाट अत्यन्तै सशक्त रूपमा दर्साइएको छ । गीतमा सन्तोष बीसी र मानमावि राईको मिठासपूर्ण स्वरले भावनालाई अझ प्रगाढ बनाएको छ ।

संगीतकार सन्तोष बीसीकै मन छुने लय र नारायण दङ्गालको उत्कृष्ट एरेञ्जले गीतलाई पूर्ण बनाएको छ । गीतका शब्द भीम कुमार ओझाले लेखेका हुन्, जसले मायाको वास्तविक गहिराइ र त्यागलाई उजागर गर्छ । भिडियोमा भीम कुमार ओझा र उनकै जीवन संगिनी देवी ओझा, साथै गायक सन्तोष बीसी, गायिका मानमावि राई, र लीला थापा मगरको अभिनयले दर्शकलाई गीतमा बाँधिराख्छ । दृश्य–संकलन, निर्देशन र सम्पादन समेत अत्यन्तै आकर्षक र भावनात्मक छ ।

“माया यस्तो बन्धन हो, जसले जात, वर्ग र हैसियत तोडेर पनि दिल बाँध्छ,“ भन्ने मूल भाव बोकेको यो गीत अहिले दर्शक स्रोताको मन छोइरहेको छ । ‘हाउ लुङ्गवा’ म्यूजिक भिडियो अहिले युट्युब च्यानल Bhimkumar Official youtube मा उपलब्ध छ । हेर्नुहोस्, सुन्नुहोस्, मन परे सेयर, लाइक र कमेन्ट गर्दै आफ्ना अमूल्य सुझाव दिन नभुल्नुहोस् ।

   __हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८२ बैशाख २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस