२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

सागर संसारको ‘आशा फेरिदैछ’ गीत सार्वजनिक

काठमान्डौं १७ वैशाख । माहोल सेसनको ‘आशा फेरिदैछ’ गीत सार्वजनिक गरिएको छ । माहोल स्टुडियो युटुब च्यानलबाट लोकपप विधाको आशा फेरिदैछ टाईटल दिएर गीत सार्वजनिक गरिएको हो । गीतमा गोपाल चन्द्र राईको शब्द, सागर संसारको स्वर र विशेष खालिङको संगितमा यो गीत निर्माण गरिएको हो । यो गीतमा असफल प्रेमको कथा समेटिएको छ ।

माहोल सेसनले हालसम्म दर्जनौ गीत बजारमा ल्याएको छ । जसमा छैन ‘भरोसा, तिम्रै काखमा, मन मिल्ने मान्छेलाई, सम्झिराख, माया मज्जाको, गाउँरमा बस्दा लगायतका गित बजारमा घन्किएका छन् । माहोल सेसन अन्तरगत निरन्तर गीतहरु दर्शक तथा श्रोता समक्ष ल्याईराख्ने संगितकार विशेष खालिङ बताउँछन् ।

   __हेर्नुहोस उक्त गितको पुरा भिडियो__

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस