२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

बङ्गलादेशले पाकिस्तानमा गएर पाँच खेलको टी–२० शृङ्खला खेल्ने, शृङ्खला मे २५ देखि जुन ३ सम्म हुने

काठमान्डौं १७ वैशाख । बङ्गलादेशले पाकिस्तानमा गएर पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । बङ्गलादेशले मे महिनामा पाकिस्तानमा टी–२० शृङ्खला खेल्ने पाकिस्तान क्रिकेट बोर्ड पी.सी.बी. ले जनाएको छ । यो टी–२० शृङ्खला आई.सी.सी.को प्रोग्रामको एक हिस्सा हो ।

आउँदो टी–२० विश्वकपको तयारी राम्रोसँग गर्न दुवै बोर्डले एकदिवसीय खेललाई थप टी–२० खेलले प्रतिस्थापन गर्ने निर्णय आपसी रूपमा गरेको पी.सी.बी.ले जनाएको छ । यसैबीच, पाँच खेलको टी–२० शृङ्खला मे २५ देखि जुन ३ सम्म फैसलावाद र लाहोरमा हुनेछ । फैसलाबादको इकबाल क्रिकेट रङ्गशालामा मे २५ मा पहिलो र मे २७ मा दोस्रो खेल हुनेछ ।

यस्तै लाहोरको गद्दाफी रङ्गशालामा मे ३०, जुन १ र ३ गरी तीन वटा खेल हुने छन् । बङ्गलादेशको टोली मे २१ मा पाकिस्तान पुग्नेछ र मे २२ देखि २४ सम्म इकबाल रङ्गशालामा प्रशिक्षण गर्ने भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस