२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

सरकार र शिक्षक महासंघबीच भयो ९ बुँदामा सहमति

काठमान्डौं १७ वैशाख । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ ।  सहमति पत्र बोकेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किनु भएको छ । ९ वटा बुँदामा सहमति भएको वार्तामा सहभागी एक जना सदस्यले बताउनु भयो । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी रहेको छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछन् । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस