२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

युटुबले अब अनलाइन सञ्चार माध्यमको मान्यता पाउने

काठमाण्डौँ, १७ वैशाख । युटुबले अनलाइन सञ्चार माध्यमको मान्यता पाउने भएको छ । अनलाइन सञ्चार माध्यमको परिभाषामा युटुब समेत पर्ने गरी सरकारले छापाखाना तथा प्रकाशन ऐन संशोधन गर्न लागेको छ । सरकारले संसद्मा ल्याएको यससम्बन्धी प्रस्ताव सहितको केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ । मंगलबार प्रतिनिधि सभाबाट पारित केही नेपाल ऐन संशोधन विधेयकले छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ मा संशोधन गरेर अनलाइन सञ्चार माध्यमको परिभाषालाई समेटेको छ ।

प्रचलित ऐनको दफा २ को (च) मा पत्रपत्रिकाको परिभाषा छ । जहाँ पत्रपत्रिका भन्नाले समाचारपत्र, समाचारपत्रिका र अन्य पत्रपत्रिकालाई सम्झनुपर्ने भनेर परिभाषित गरिएको छ । यो परिभाषाले अनलाइन सञ्चार माध्यमलाई समेट्दैन । यसकारण सरकारले प्रचलित ऐनमा नयाँ प्रावधान थपेको छ । प्रचलित ऐनको दफा २ को (च) पछि (च १)  थपेर अनलाइन सञ्चारमाध्यमको परिभाषा गरिएको छ । यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याउनु भएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस