ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष दहालद्धारा द्वन्द्वपीडित तथा सहिद एवं बेपत्ता परिवारका सदस्यहरुसँग छलफल

काठमान्डौं, १६ वैशाख । ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सहितको अभियान टोलीले कैलारी गाउँपालिका ५ बैजपुरमा भजनी नगरपालिका र कैलारी गाउँपालिकाका द्वन्द्वपीडित तथा सहिद एवं बेपत्ता परिवारका सदस्यहरुसँग छलफल गरेको छ ।
कार्यक्रममा सहभागी पीडित परिवारहरूले आफूहरूको पीडा, अवस्था र अपेक्षाबारे अध्यक्ष दहालसंग राखेका थिए । अध्यक्ष प्रचण्डले द्वन्द्वकालीन मुद्दा समाधान, पीडितहरूको न्याय सुनिश्चितता र जीवनस्तर सुधार गर्न निरन्तर पहल जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलमा स्थानीय नेताहरू, पीडित परिवारका सदस्यहरू तथा माओवादी केन्द्रका विभिन्न तहका नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको बुझिएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख १७ गते मङ्गलवार