स्पेन र पोर्चुगलमा ऊर्जा संकट घोषणा

काठमाण्डौँ, १६ वैशाख । स्पेन र पोर्चुगलमा विद्युत् आपूर्ति बन्द हुँदा आपतकाल घोषणा गरिएको छ । ट्राफिक लाइट, रेल सेवा र विमानस्थलहरु बन्द छन् । विद्युत नहुँदा करोडौं नागरिकहरु अप्ठ्यारोमा परेका छन् । यसका कारण दुवै देश आपतकालीन अवस्था घोषणा गर्न बाध्य भएका सीएनएनले जनाएको छ ।
विद्युत् आपूर्ति बन्द हुनुको कारण भने खुलेको छैन । करिब ६ करोड जनसंख्या भएका दुबै देशले आपतकालीन बैठक राखेर प्रतिकार्य योजना बनाउन थालेका छन् ।
पोर्चुगलको ग्रिड अपरेटरका अनुसार मध्याह्नपछिको विद्युत आपूर्ति बन्द भएको थियो । फ्रान्सको केही भागमा पनि विद्युत् आपूर्ति बन्द भएको थियो । तर केही घण्टापछि फ्रान्समा विद्युत् बहाल भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख १७ गते मङ्गलवार