मंगलबार सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि

काठमाण्डौँ, १६ वैशाख । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जसअनुसार छापावाल सुन मंगलबार तोलामा १ लाख ८८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।यस्तै मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको छ । सोमबारकै मूल्यमा मंगलबार पनि चाँदी कारोबार भएको हो।
प्रकाशित मिति : २०८२ बैशाख १७ गते मङ्गलवार