कृष क्षेत्रीको टिपिकल झ्याउरे भाका भेरी सलल सार्बजनिक

काठमान्डौं, १५ वैशाख । चर्चित गायक / गायिका कृष क्षेत्री र शान्ता रानी परियारको स्वरमा भेरी सलल बोलको गित सार्बजनिक भएको छ । गितमा शब्द तथा संगीत कृष स्वयं आफ्नो रहेको छ । जसमा खेमराज गौतमको संगीत संयोजन र त्यस्तै कुमार शानु पुनले गितको ध्वनि सम्पादनको काम गरेका हुन् ।
बिरेन्द्र परियारले छायांकन गरेको यस म्युजिक भिडियोमा तिलक ठकुरी चिट्टी ले भिडियो निर्देशन तथा कोरियोग्राफी ,त्यस्तै भिडियोलाई राजकुमार मगरले सम्पादन र कलर गरेका हुन् । भिडियोमा टिका शानु, कृष क्षेत्री ,तिलक ठकुरी चिट्टी ,सृजना बस्नेत लगायतले अभिनय गरेका छन् । यस गितको भिडियो कृष क्षेत्रीको आधिकारिक युटुब च्यानल वाट सार्बजनिक गरिएको छ ।
__हेर्नुहोस उक्त गितको पुरा भिडियो__
प्रकाशित मिति : २०८२ बैशाख १६ गते सोमवार