रेशम भण्डारीको बैगुनी एल्बममा मार्मिक गित आधा बाटो सार्बजनिक

काठमान्डौं, १५ वैशाख । लोकप्रिय गायक रेशम भण्डारीको नया गित बैगुनी एल्बममा समाबेश गित आधा बाटोको म्युजिक भिडियो सार्बजनिक भएको छ । गितमा शब्द त्यस्तै संगीत संयोजन भने सुशन साम्सोहांग लिम्बुको रहेको छ । जसमा ध्वनि सम्पादन राजु कार्कीले गरेका हुन् । गितको काम म्युजिक जोन स्टुडियो दुवै र स्टुडियो किंग नेपालमा भएको हो ।
किरण लामिछानेको भिडियो सम्पादन/कलर / छायांकन र निर्देशनमा बनेको भिडियो डी एन जी स्टुडियोको पोस्ट प्रोडोक्शनमा निर्माण भएको हो । जसमा बलबहादुर बिस्ट, सोनीका पुन, बलराम कालाथोकी, समिप घर्ति, सफल घर्ति लगायतको अभिनय गरेका छन् । जुन गितको भिडियो डिएन-जी स्टुडियो नामको युटुब च्यानल बाट सार्बजनिक गरिएको छ ।
__हेर्नुहोस उक्त गितको पुरा भिडियो__
प्रकाशित मिति : २०८२ बैशाख १६ गते सोमवार