२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

प्रतिनिधि सभामा सरकारको वार्षिक प्रतिवेदन पेस

काठमाण्डौँ, १५ वैशाख । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–८० र २०८०८१ पेस गर्नुभएको हो । संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ । राष्ट्रपतिले पुनः त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद् समक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस