आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ घट्यो

काठमाण्डौँ, १५ वैशाख । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८८ हजार ३ सय रुपैयाँ कायम भएको हो । आइतबार भने मूल्य १ हजार ४ सय बढी अर्थात् तोलामा १ लाख ८९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९ सय ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९ सय ७० रुपैयाँ कायम भएको हो ।
प्रकाशित मिति : २०८२ बैशाख १६ गते सोमवार