सुभाष श्रेष्ठकाे संयोजकत्वमा नेपाल व्याडमिन्टन संघ गठन, केन्द्रीय सदस्यमा सल्यानबाट बस्नेत

सल्यान ।
राष्ट्रिय खेलकुद परिषदले नेपाल व्याडमिन्टन संघको तदर्थ समिति गठन गरेकाे छ । खेलकुद परिषदका अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा चैत्र २९ गते बसेको १२२ औं वोर्ड बैठकले व्याडमिन्टन संघको तदर्थ समिति गठन गरेकाे हाे ।
काठमाण्डाैंका सुभाष श्रेष्ठकाे संयोजकत्वमा ४१ सदस्यी नेपाल व्याडमिन्टन संघको तदर्थ समिति गठन गरिएको हाे । ३९ सदस्य वोर्ड बैठकले निर्णय गरेकाे र २ जना परिषद्ले मनाेनित गरेकाे हाे ।
केन्द्रीय सदस्यमा सल्यानबाट भरत कुमार बस्नेत रहेका छन् ।
क्रियाशिल प्रदेश तथा जिल्ला संघबाट प्रतिनिधिहरुको सहभागीतामा ३ महिना भित्र परिषदको स्वीकृतीमा केन्द्रिय साधारण सभा तथा निर्वाचन गर्ने गरी तदर्थ समिति गठन गरिएकाे राष्ट्रिय खेलकुद परिषद्का संघ संस्था समन्वय शाखा प्रमुख चन्द्र कुमार राइले बताएका छन् ।
प्रकाशित मिति : २०८२ बैशाख १६ गते सोमवार