२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

साउथ एसियन युथ टेबल टेनिस च्याम्पियनसिप वैशाख ११ देखि हुँदै

काठमान्डौं, ९ वैशाख ।   एसियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रम अनुसार अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा साउथ एसियन रिजनल युथ टेबल टेनिस च्याम्पियनसिप यही साता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघले आज पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप वैशाख ११ देखि १४ गते हुने जानकारी दिएको हो ।

च्याम्पियनसिपका खेलहरु लैनचौरको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । यस प्रतियोगितामा दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र नेपाल गरी जम्मा ६ राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । कुल १४ इभेन्ट समावेश गरिएको आयोजकले जनाएको छ । ८५ खेलाडीहरू प्रतियोगितामा सहभागी हुनेछन् । यस प्रतियोगितामा खेलाडी तथा अफिसियल गरी जम्मा ११३ जना सहभागी हुने संघले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस