२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

पाकिस्तानमा भ्यान दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

काठमान्डौं, ९ वैशाख ।  दक्षिणी पाकिस्तानमा एउटा भ्यान खाल्डोमा पल्टिएर दुर्घटना हुँदा १३ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा २० जनाभन्दा बढी गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी सिन्हाका अनुसार मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेका पनि छन् । दुर्घटनाको कारण भ्यानको तीव्र गति रहेको बताइएको छ ।

यो दुर्घटना पाकिस्तानको सिन्ध प्रान्तमा भएको हो । दामशोरो जिल्लाको पहाडी क्षेत्रमा भ्यानले सन्तुलन गुमाएको र गहिरो खाडलमा खसकेको थियो । समाचारमा जनाइए अनुसार यो भ्यानमा कोल्ही जनजातिका मानिसहरू रहेका थिए । भ्यान पञ्जाबको लापरीबाट सिन्धको बदिन जाँदै थियो । यसैबीच,  दुर्घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी घटनास्थलमा पुगेको र उद्धार टोलीले सबै घाइतेहरूलाई खाडलबाट बाहिर निकालेर नजिकैको अस्पतालमा भर्ना गरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस