अखिल नेपाल फुटबल सङ्घ एन्फाद्धारा नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग

काठमान्डौं, ८ वैशाख । अखिल नेपाल फुटबल सङ्घ एन्फाले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । मुख्य प्रशिक्षकका लागि ‘प्रो लाइसेन्स’ अनिवार्य गरिएको छ । यस्तै सिनियर महिला वा उमेर समूहमा व्यावसायिक फुटबलमा दुई वर्ष प्रशिक्षण गरेको अनुभव हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
अहिले राजेन्द्र तामाङले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षण सम्हाल्दै आउनु भएको छ । यसैगरी एन्फाले पर्फमेन्स एनालिस्टका लागि पनि आवेदन माग गरेको छ । यस पदमा आवेदन दिनका लागि प्रख्यात संस्थाबाट लेभल–वान फुटबलमा फिटनेस कोर्स र डेटाएनालिस्टको प्रमाणपत्र लिएर एक वर्ष काम गरेको हुनुपर्नेछ । यी दुई वटै पदमा आउँदो मे २० सम्म आवेदन दिन सकिने भएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ९ गते सोमवार