२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

चीनको कुल विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो

काठमान्डौं, ८ वैशाख । चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्ष सन् २०२५ मार्चको अन्त्य सम्ममा तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो । राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले बढी हो ।

त्यस्तै, हावाबाट उत्पादन हुने विद्युतको क्षमता ५४ करोड किलोवाट पुगेको छ, जसमा १७.२ प्रतिशतले वृद्धि देखिएको छ । यस वर्षको पहिलो तीन महिनामा चीनका ठूला विद्युत कम्पनीहरूले विद्युत उत्पादन योजनामा १३२ अर्ब २० करोड चिनियाँ मुद्रा बराबरको लगानी गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले कम हो ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस