२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

वैशाख महिनामा सङ्घीय अस्पतालमा १५ वटा नयाँ सेवा विस्तार गर्ने

काठमान्डौं, ८ वैशाख ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिना भर आठ वटा सङ्घीय अस्पतालमा १५ वटा नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गर्नुभएको छ । मन्त्री पौडेलको सङ्घीय अस्पतालको सेवा सुधार तथा विस्तारको नीति अन्तर्गत सङ्घीय अस्पतालहरूमा सेवा थप्ने र विस्तार गर्ने कार्यक्रम वैशाख महिनामा थपिने र विस्तार गरिने सेवा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभएको हो ।

यसैगरी भरतपुर अस्पतालले क्याथ ल्याब सेवा शुरू गर्दैछ । भक्तपुर क्यान्सर अस्पतालले पी.आई.सी.यू. तथा पेडियाट्रिक वार्ड वैशाख दोस्रोहप्ता आरम्भ गर्दैछ । भेरी अस्पतालले मिर्गाैला प्रत्यारोपण सेवा वैशाख दोस्रो हप्तादेखि आरम्भ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैया वैशाख अन्त्यसम्ममा थप गर्नेछ । नारायणी अस्पताल वीरगञ्जले वैशाख अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ भने जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र तनहुँले हेमो डायलासिस सेवा वैशाख तेस्रो हप्ता औपचारिक सञ्चालनमा ल्याउने भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस