२०८२ जेष्ठ २ गते बुधवार | 2025 May 14th Wednesday

शिक्षामन्त्री भट्टराईको राजीनामा, दबाबमा प्रधानमन्त्री ओली

काठमान्डौं, ८ वैशाख । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएसँगै शिक्षकहरुको मागका सम्बन्धमा सरकार दबाबमा परेको छ ।सरकारले शिक्षकहरुको माग पूरा गर्न प्रतिबद्ध रहेको आश्वासन दिँदै जारी आन्दोलन स्थगित गर्न आग्रह गरेपनि शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सदा झैं अनुशासन र मर्यादा कायम राखेर संयम सहित आन्दोलन निरन्तर गरिरहने बताउनु भयो । आज २० औँ दिनको आन्दोलन भएको र अझै पनि उनीहरुको माग पूरा नहुने भएकाले शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनु भएको बुझिएको छ । उहाँले राजीनामा दिएसँगै सरकार र प्रधानमन्त्री केपी शर्मा ओली दबाबमा पर्नु भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस