परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक जाँदै

काठमाडौँ, ७ वैशाख । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक जाँदै हुनुहुन्छ । यही २१ देखि २५ अप्रिलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द प्यासिफिक (यूएनस्केप) को ८१ औँ सत्रमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नु भएको हो ।
नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डा राणाले उक्त आयोगको ८१औँ सत्रको अध्यक्षता गर्ने कार्यतालिका रहेको छ । सो सत्रलाई मन्त्री डा राणाले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । यस सत्रको विषय वस्तु एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ८ गते आइतवार