२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

आज विभिन्न प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, ७ वैशाख । आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने र देशका अन्य ठाउँको मौसमसफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा कोशी, बागमती, कर्णाली र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

आज कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भागमा र बाँकी भू–भागको एक दुई ठाउँमा मेघगर्जन चट्टयाङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रि–मनसूनको समय भएकोले मौसम पूर्ण रूपमा सफा पनि नहुने र ठूलो पानी पर्ने सम्भावना पनि छैन ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस