२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

बंगलादेशमा हिन्दुवादी नेता भावेश चन्द्र रायको अपहरणपछि कुटेर हत्या

काठमान्डौं, ६ वैशाख । बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि निरन्तर अत्याचार भइरहेको छ । यसैबिच उत्तरी बंगलादेशमा एक प्रमुख हिन्दु अल्पसंख्यक नेता भावेश चन्द्र रायको अपहरणपछि हत्या भएको छ । यस घटनाको चौतर्फी निन्दा भएको छ । साथै मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशी अन्तरिम सरकारले आफ्ना अल्पसंख्यक समुदायको सुरक्षा गर्न असफल भएको आरोप लगाइएको छ । बंगलादेशमा प्रमुख हिन्दुवादी नेतालाई अज्ञात व्यक्तिहरूले बिहीबार उनको घरबाटै अपहरण गरेका थिए ।

मडिया रिपोर्टका अनुसार ५८ वर्षीय रायलाई घरबाट अपहरण गरी कुटपिट गरी हत्या गरिएको हो । उहाँ बंगलादेश पूजा परिषद्को बिरल इकाईका उपाध्यक्ष रहनु भएको थियो । हिन्दू समुदायमा उहाँको बलियो पकड रहेको थियो । उहाँ ढाकाबाट लगभग ३ सय ३० किलोमिटर टाढा दिनाज पुरको बासुदेवपुर गाउँका बासिन्दा रहनुभएको त्यहाँको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस