२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

नेवार समुदायको संरचनामा नेपाली विशेषताको समाजवाद रहेको, ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष दाहाल

काठमान्डौं, ६ वैशाख ।  ने.क.पा. माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवाद पनि नेवार समुदायमा रहेको बताउनुभएको छ ।आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समाजवादको भ्रुण नेवार समुदायको इतिहासमा, उनीहरुको भाषा, संस्कृति, उत्पादनमा रहेको बताउनुभएको हो ।

अध्यक्ष दाहालले नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालको इतिहासमा आदिवासी जनजातिहरुमध्ये नेवार समुदाय नै अग्रणी भुमिकामा रहेको जिकिर गर्नुभयो । नेवार समुदायको इतिहास अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिने बताउनुभयो ।

अध्यक्ष दाहालले सरकारका गलत काम र क्रियाकलापका कारण धमिलो पानीमा माछा मार्ने दुःशाहस गरेको भएपनि सफल नहुने जिकिर गर्नुभयो । उहाँले नेवार समुदायको सम्मेलनले सरकारका गलत क्रियाकलापहरु विरुद्ध खबरदारी गर्नुपर्ने र प्रतिगामी षड्यन्त्रका विरुद्ध चुनौति दिनुपर्ने बताउनुभयो । उहाँले आफूले नेवार समुदायको निम्ति धेरै काम गरेको दाबी गर्नुभयो । अध्यक्ष दाहालले यथास्थितिवाद र प्रतिगामी षड्यन्त्रका बिरुद्ध पुनः एक पटक उत्पीडित वर्ग र जाति, समुदाय अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस