२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं, ६ वैशाख । आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । बालबालिकामा कुपोषण अझै पनि ठुलो समस्याका रूपमा छ ।

बालबालिकाको शारीरिक, बौद्धिक, मानसिक विकासमा पनि यसले प्रभाव पार्ने हुन्छ । बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने दीर्घकालीन असरहरू देखा पर्ने भएकाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने गरिन्छ । जुका सरसफाइको अभावले हुने गर्दछ । यसले आन्द्रामा घाउ बनाएर त्यसबाट पोषक तत्त्व सोस्ने गर्छ । बालबालिकालाई बिस्तारै कुपोषित बनाउँदै जान्छ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस