२०८२ जेष्ठ १ गते मङ्गलवार | 2025 May 13th Tuesday

स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै

काठमाडौं, ६ वैशाख । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै दाङमा ५६ मिलिमिटर तथा अछाम र दैलेखमा ४१ मिलिमिटर पानी परेको छ । पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी पर्न थालेको छ । आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँहरुमा हिमपातको समेत सम्भावना छ ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस