राजेन्द्र बजगाईको संगीतमा सर्मिला बर्देवा र डेभिड संकरको कश्मिरे गम्छा

काठमान्डौं, ५ वैशाख । गायक तथा संगीतकार राजेन्द्र बजगाईको संगीतमा चर्चित गायक/ गायिका शर्मिला बर्देवा र डेभिड संकरको कश्मिरे गम्छा सार्बजनिक भएको छ । डिपी खनालको शब्द रहेको गितमा राजेन्द्र बजगाईको संगीत संयोजन, त्यस्तै गितमा मनोज परियारले गितको ध्वनि सम्पादन गरेका छन् ।
उत्सब दाहालले छायांकन गरेको भिडियोमा शिलन लम्सालले भिडियो सम्पादन/कलरको काम गरेका छन् । भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी त्यस्तै निर्देशन गरेका छन् । जसमा सुधिर श्रेष्ठ र जुनु एसडी लगायतले अभिनय गरेका छन् । यस गितको भिडियो शर्मिला बर्देवाको आफ्नै अफिसियल युटुब च्यानल वाट सार्बजनिक गरिएको हो ।
__हेर्नुहोस उक्त गितको पुरा भिडियो__
प्रकाशित मिति : २०८२ बैशाख ६ गते शुक्रवार