सरकार परिवर्तनको हल्लामा सत्यता नभएको प्रधानमन्त्री ओलीको भनाइ

काठमान्डौं, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित वर्तमान सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएको बताउनु भएको छ । उहाँले ढुक्क भएर विकास निर्माण लगायत सुशासनका काममा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।
आज चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नुहुर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन ल्याउनका लागि इतिहास बोकेका ठूला दलहरू एकैसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा पुग्ने दाबी गर्नुभयो ।उहाँले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहज हुने विश्वास पनि प्रकट गर्नुभयो । कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०८२ बैशाख ६ गते शुक्रवार