अमेरिकी दूतावासले अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु गर्यो

काठमाडौँ, ५ वैशाख । काठमाडौं स्थित अमेरिकी दूतावासले अमेरिका भिसा अन्तर्वार्तामा नयाँ मापदण्ड लागु हुने जनाएको छ । यही वैशाख १५ गतेदेखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेसन बार कोड नम्बर सहितको डिएस-१६० भिसा आवेदन फारम साथमा लिएर जानु पर्ने भएको छ ।
आवेदकहरूले अनलाइन माध्यम अपोइन्टमेन्ट लिँदा प्रयोग गरेको कन्फरमेसन नम्बर र बारकोड नम्बर मेल खानु पर्नेछ । मेल नखाएको खण्डमा भिसा अन्तर्वार्तामा सहभागी गराउन नसक्ने दूतावासले जनाएको छ। यसरी मेल नखाएको खण्डमा नयाँ अपोइन्टमेन्ट बुक गरेर भिसा आवेदन अगाडि बढाउनुपर्ने उल्लेख गरेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ६ गते शुक्रवार